आईतवार, भाद्र १,२०८२ 10:11:25
IME remit
  • आईतवार, भाद्र १,२०८२ 10:11:25
IME remit
Global IME Bank Limited

लगानीकर्ताका लागि नर्क बन्दै चिनियाँ सेयरबजार, सर्वसाधारणको ध्यान बचतमा

Hyundai Nepal
लगानीकर्ताका लागि नर्क बन्दै चिनियाँ सेयरबजार, सर्वसाधारणको ध्यान बचतमा
Shivam Cement

काठमाण्डौ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । तर यतिबेला यहाँका मानिसहरु खर्च गर्नुको साटो पैसा जोगाउनतर्फ लागिपरेका छन् । यसको मुख्य कारण हो, यहाँको सेयरबजार ।  

केही समयअघि यहाँको सेयरबजार केही माथिल्लो विन्दुमा पुगेको थियो । तर यहाँको बजार अहिले पनि १० वर्षको न्यून स्तरमा छ । १० वर्षअघि चीनको सेयरबजारमा ठूलो बबल फुटेको थियो । जसका कारण लगानीकर्ताले ठूलो नोक्सानी व्यहोरेका थिए ।  

यतिबेला यहाँको सेयरबजारले मानिसहरुलाई धेरै खर्च गर्नबाट प्रोत्साहन गुर्नका साटो अझै धेरै बचत गर्न बाध्य तुल्याईरहेको छ । चीनका राष्ट्रपति शी जिनपिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मानिसहरुको यस्तो बानीमा परिवर्तन ल्याउन चाहन्छन् । तर यो विषय निकै कठिन देखिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ब्लूमबर्गको एउटा रिपोर्टका अनुसार यदि सकैले १० वर्ष अघि अमेरिकी सेयर बजार एस एण्ड पी ५०० इन्डेक्समा १० हजार डलर लगानी गरेको भए ,यतिबेला उक्त लगानी ३ गुणा भन्दा बढीले वृद्धि भएको हुन्थ्यो । तर यदी सोही लगानी चीनको सेयर सीएसआई ३०० मा गरेको भए उक्त लगानीबाट जम्मम ३हजार डलर मात्रै फाइदा भएको हुन्थ्यो ।  

चीनिया सेयर बजारलाई लामो समयदेखि नियालिरहेका जानकारहरुका अनुसार यस्तो हुनुको पछाडि केही संरचनागत कारण रहेका छन्े । ३५ वर्षअघि सरकारी कम्पनीहरुले मानिसहरुको बचतलाई सडक, बन्दरगाह र उद्योग कलकारखाना जस्ता पूर्वाधारको विकास गर्नका लागि सेयर बजारलाई रोजेका थिए ।  

सेयर बजारको ध्यान लगानीकर्तालाई राम्रो प्रतिफल दिनु भने रहेको थिएन । जसका कारण कयौं समस्याहरु देखा परे । सेयर बजारमा सेयरको अधिक आपूर्ति र ठूलो लिस्टिङ जस्ता गलत तरिकाहरु अपनाइए । यी सबै कुराको प्रभाव यतिबेला ११ ट्रिलियन डलरको चिनियाँ सेयर बजारमा परिरहेको छ । चीनियाँ नेतृत्व पनि यतिबला यो समस्याको हल खोज्नमा तल्लिन देखिन्छ । राष्ट्रपति शी जिनपङि घरेलु खर्च बढोस् भन्ने चाहन्छन् ,ताकि ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकियोस् ।  

अझ विशेष गरेर अमेरिकासँग बढ्दो व्यवसायिक तनावका बेला जिनपिङ यस्तो होस् भन्ने चाहन्छन् । चीनलाई आफ्ना टेक कम्पनीहरुलाई अघि बढाउनका लागि धेरै नै पैसाको आवश्यकता पर्ने देखिन्छ । त्यसैले सरकार सेयरबजारलाई पूँजी जुटाउने थलाको रुपमा प्रयोग गर्न चाहन्छ ।  

चिनियाँ यूनिभर्सिटी अफ पोलिटिकल साइन्स एण्ड ल का प्राध्यापक तथा सेय्र बजार ,जानकार लियू जिपेङ चीनको सेयरबजार लगानीकर्ताका लागि लामो समयसम्म स्वर्गको रुपमा रहेको तर अहिले भने नर्क समान भएको बताउछन् । तथापी नियामकले केही सुधार भने पक्कै पनि गरेका छन् ।  

एआई क्षेत्रमा देखिएको उत्साहका कारण यो वर्ष सीएसआई ७०० इन्डेक्स केवल ७ प्रतिशतले मात्रै बढेको छ । यही समयमा अमेरिका र युरोपेली बजार भने धेरै बढेको छ । अधिक बचतका कारण यहाँको सेयरबजारअघि बढ्न सकेको छैन । यहाँको डिस्पोजेबल इनकम ३५ प्रतिशत रहेहो छ ।  

नयाँ लिस्टिङमा देखिएको तीव्रताका कारण सन् २०२३२ मा चीनको सेयरबजार विश्वकै सबैभन्दा ठूलो आईपीओ बजार बनेको थियो । तर सेयरधनीका लागि प्रयाप्त सुरक्षाका उपायहरु र आईपीओ धोखाधडीको निगरानीको अभावका कारण सेयरमूल्यमा गिरावट आउनुका साथै कम्पनीहरु डिलिस्टङ हुँदै गएका छन् ।    

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.