बिहीबार, श्रावण १४,२०८३ 02:21:33
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:21:33
Bizshala
Global IME Bank Limited

लगानीकर्ताका लागि नर्क बन्दै चिनियाँ सेयरबजार, सर्वसाधारणको ध्यान बचतमा

लगानीकर्ताका लागि नर्क बन्दै चिनियाँ सेयरबजार, सर्वसाधारणको ध्यान बचतमा
New Office

काठमाण्डौ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । तर यतिबेला यहाँका मानिसहरु खर्च गर्नुको साटो पैसा जोगाउनतर्फ लागिपरेका छन् । यसको मुख्य कारण हो, यहाँको सेयरबजार ।  

केही समयअघि यहाँको सेयरबजार केही माथिल्लो विन्दुमा पुगेको थियो । तर यहाँको बजार अहिले पनि १० वर्षको न्यून स्तरमा छ । १० वर्षअघि चीनको सेयरबजारमा ठूलो बबल फुटेको थियो । जसका कारण लगानीकर्ताले ठूलो नोक्सानी व्यहोरेका थिए ।  

यतिबेला यहाँको सेयरबजारले मानिसहरुलाई धेरै खर्च गर्नबाट प्रोत्साहन गुर्नका साटो अझै धेरै बचत गर्न बाध्य तुल्याईरहेको छ । चीनका राष्ट्रपति शी जिनपिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मानिसहरुको यस्तो बानीमा परिवर्तन ल्याउन चाहन्छन् । तर यो विषय निकै कठिन देखिएको छ ।  

ब्लूमबर्गको एउटा रिपोर्टका अनुसार यदि कसैले १० वर्ष अघि अमेरिकी सेयर बजार एस एण्ड पी ५०० इन्डेक्समा १० हजार डलर लगानी गरेको भए ,यतिबेला उक्त लगानी ३ गुणा भन्दा बढीले वृद्धि भएको हुन्थ्यो । तर यदी सोही लगानी चीनको सेयर सीएसआई ३०० मा गरेको भए उक्त लगानीबाट जम्मा ३ हजार डलर मात्रै फाइदा हुन्थ्यो ।  

चिनियाँ सेयर बजारलाई लामो समयदेखि नियालिरहेका जानकारहरुका अनुसार यस्तो हुनुको पछाडि केही संरचनागत कारण रहेका छन् । ३५ वर्षअघि सरकारी कम्पनीहरुले मानिसहरुको बचतलाई सडक, बन्दरगाह र उद्योग कलकारखाना जस्ता पूर्वाधारको विकास गर्नका लागि सेयर बजारलाई रोजेका थिए ।  

सेयर बजारको ध्यान लगानीकर्तालाई राम्रो प्रतिफल दिनु भने रहेको थिएन । जसका कारण कयौं समस्याहरु देखा परे । सेयर बजारमा सेयरको अधिक आपूर्ति र ठूलो लिस्टिङ जस्ता गलत तरिकाहरु अपनाइए । यी सबै कुराको प्रभाव यतिबेला ११ ट्रिलियन डलरको चिनियाँ सेयर बजारमा परिरहेको छ । चीनियाँ नेतृत्व पनि यतिबला यो समस्याको हल खोज्नमा तल्लिन देखिन्छ । राष्ट्रपति शी जिनपङि घरेलु खर्च बढोस् भन्ने चाहन्छन् ,ताकि ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकियोस् ।  

अझ विशेष गरेर अमेरिकासँग बढ्दो व्यवसायिक तनावका बेला जिनपिङ यस्तो होस् भन्ने चाहन्छन् । चीनलाई आफ्ना टेक कम्पनीहरुलाई अघि बढाउनका लागि धेरै नै पैसाको आवश्यकता पर्ने देखिन्छ । त्यसैले सरकार सेयरबजारलाई पूँजी जुटाउने थलोको रुपमा प्रयोग गर्न चाहन्छ ।  

चिनियाँ यूनिभर्सिटी अफ पोलिटिकल साइन्स एण्ड ल का प्राध्यापक तथा सेय्र बजार ,जानकार लियू जिपेङ चीनको सेयरबजार लगानीकर्ताका लागि लामो समयसम्म स्वर्गको रुपमा रहेको तर अहिले भने नर्क समान भएको बताउछन् । तथापी नियामकले केही सुधार भने पक्कै पनि गरेका छन् ।  

एआई क्षेत्रमा देखिएको उत्साहका कारण यो वर्ष सीएसआई ७०० इन्डेक्स केवल ७ प्रतिशतले मात्रै बढेको छ । यही समयमा अमेरिका र युरोपेली बजार भने धेरै बढेको छ । अधिक बचतका कारण यहाँको सेयरबजारअघि बढ्न सकेको छैन । यहाँको डिस्पोजेबल इनकम ३५ प्रतिशत रहेहो छ ।  

नयाँ लिस्टिङमा देखिएको तीव्रताका कारण सन् २०२३२ मा चीनको सेयरबजार विश्वकै सबैभन्दा ठूलो आईपीओ बजार बनेको थियो । तर सेयरधनीका लागि प्रयाप्त सुरक्षाका उपायहरु र आईपीओ धोखाधडीको निगरानीको अभावका कारण सेयरमूल्यमा गिरावट आउनुका साथै कम्पनीहरु डिलिस्टङ हुँदै गएका छन् ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.