शनिबार, असार १३,२०८३ 02:46:56
Bizshala
  • शनिबार, असार १३,२०८३ 02:46:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडा अटो शोमा सार्वजनिक भयो उड्ने कार, प्रतिघन्टा १३० किलोमिटरसम्म उडान भर्न सक्षम

Laxmi Sunrise Bank Limited
नाडा अटो शोमा सार्वजनिक भयो उड्ने कार, प्रतिघन्टा १३० किलोमिटरसम्म उडान भर्न सक्षम

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीनको चांगन अटोमोबाइलको सब–ब्रान्ड दिपलले बनाएको अटोनोमस फ्लाइङ कार सार्वजनिक गरिएको छ । आजदेखि सुरू भएको नाडा अटो सो २०२५ को अवसरमा प्रधानमन्त्री ओलीले उक्त फ्लाइङ कार सार्वजनिक गरेका हुन् ।

इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (इभीटीओएल) प्रविधिमा आधारित यो फ्लाइङ कार गत शनिवार नेपाल ल्याइएको थियो ।

New Office
CG Motors
Garima Development Bank

यो फ्लाइङ कारलाई भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलकका रूपमा प्रस्तुत गरिएको छ। प्रदर्शनीमा आउने जो कोहीले पनि यसलाई नजिकैबाट अवलोकन गर्न पाउनेछन्।

डीपलको यो इभीटीओएल फ्लाइङ कारको उचाइ १.९३ मिटर र चौडाइ ५.७३ मिटर रहेको छ। यसले ६२० केजी भार बोकेर एकपटकको फुल चार्जमा ३० किलोमिटरसम्म उड्न सक्छ। कारको अधिकतम गति प्रतिघन्टा १३० किलोमिटर रहेको कम्पनीले जनाएको छ।

नेपालमा पहिलोपटक सार्वजनिक भएको यस कारले भविष्यमा हवाई मोबिलिटी र प्रविधिको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.