मंगलवार, आश्विन १३,२०८३ 09:26:28
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:26:28
Bizshala
Global IME Bank Limited

कृषि समिति चेम्बर र कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि तथा साना–मझौला उद्यम विकासमा सहकार्यको सम्झौता

Bizshala
कृषि समिति चेम्बर र कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि तथा साना–मझौला उद्यम विकासमा सहकार्यको सम्झौता
New Office

काठमाण्डौ । कृषि, जडिबुटी तथा बन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम एसएमईको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।  

काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा कृषि, जडिबुटी तथा बन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल वाङले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतामा दुवै पक्षले कृषि तथा उद्यमशीलतासम्बन्धी जानकारी आदानप्रदान गर्ने, नेपालको बजार अवस्था र व्यवसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने विषयहरू समावेश गरिएका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ब्रिज इन्टरनेशनलले नेपालको नवप्रर्वद्धन व्यवसायलाई केन्द्रदेखि स्थानीय तहसम्म प्राविधिक सहयोग पु¥याउने सम्झौतामा उल्लेख गरिएको छ ।  

त्यस्तै, नेपाल र कोरियाका स्टार्टअपहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी र प्रवद्र्धन गर्ने, व्यवसायिक नेटवर्किङका अवसर सिर्जना गर्ने, साथै मेन्टरसिप र सीप आदानप्रदान गर्ने सहमति भएको छ । दुई संस्थाबीच संयुक्त कार्यशाला, प्रशिक्षण र अनुभव आदानप्रदानमार्फत दुवै देशका नवप्रर्वद्धन व्यवसायीलाई लाभ हुने विश्वास गरिएको छ ।

यसैगरी, दुवै देशका व्यवसायी तथा उद्यमशील युवाबीच एक अर्काका देशमा भ्रमणमार्फत व्यवसाय प्रवद्र्धन गर्ने, एक अर्काको बजारमा सम्भाव्यताका अवसर खोज्ने र नयाँ सम्भावनाहरू विकास गर्ने योजना पनि सम्झौतामा उल्लेख छ ।  

साथै, कोरियाबाट सीप सिकेर फर्किएका युवाहरूको लगत संकलन गरी, उनीहरुको उद्यमशीलता क्षमता अभिवृद्धि र व्यवसायिक सञ्जाल विस्तारमा नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने भएको छ ।

खासगरी कृषि व्यवसाय, जडिबुटी तथा बन, र साना–मझौला उद्यम विकासलाई प्राथमिकतामा राख्दै गरिएको यो सहकार्य सम्झौताले नेपालमा उद्यमशीलताको वातावरणलाई थप मजबुत बनाउने चेम्बरले विश्वास व्यक्त गरेको छ ।  

यस सम्झौताले नेपाली कृषक, उद्यमी र नवप्रर्वद्धन व्यवसायीलाई अन्तर्राष्ट्रिय अनुभव र सीप सिक्ने अवसर दिलाउने मात्र नभई, दुवै देशबीच दीगो आर्थिक साझेदारीको बाटो खोल्ने अपेक्षा गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.