शुक्रबार, श्रावण १,२०८३ 10:17:01
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 10:17:01
Bizshala
Global IME Bank Limited

नाडा अटो शोमा फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्टहरू आकर्षणको केन्द्रमा

नाडा अटो शोमा फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्टहरू आकर्षणको केन्द्रमा
New Office

काठमाण्डौ । नेपालको बजारमा टुनल्यान्ड G7 को सफल लन्चपछि फोटोन टुनल्यान्ड यसपटक नाडा अटो शोमा आफ्ना उत्कृष्ट गाडीहरू प्रदर्शनीमा राखिरहेका छन्। यी मध्ये तीन प्रमुख मोडलहरू टुनल्यान्ड V9, टुनल्यान्ड G7 र e टुनल्यान्ड विशेष आकर्षण बन्नेछन्। यी सबै गाडीहरू उच्च पर्फर्मेन्स, दमदार एक्सटेरियर र भरपर्दो सुविधाका लागि परिचित छन्।

हाइब्रिड पिकअप टुनल्यान्ड V9 एक मजबुत र शक्तिशाली गाडी हो, जुन हरेक किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ। चाहे कामका लागि होस् वा मनोरञ्जनका लागि, साहसिक यात्रादेखि लामो दूरीको भ्रमणसम्म, यो सबैका लागि उपयुक्त छ।यसको शक्तिशाली इन्जिन र आकर्षक डिजाइनले नाडा अटो शोमा सबैको ध्यान खिच्ने पक्का छ।

टुनल्यान्ड G7 नेपालमै ठूलो सफलता हासिल गरिसकेको एक स्टाइलिश पिक अप हो, जुन अहिले नाडा अटोशोमा प्रदर्शित भइरहेको छ।सहज ड्राइभिङ मन पराउने चालकहरूको रोजाइमा पर्न सफल यो मोडलले आकर्षक लुक, आरामदायी इन्टेरियर र मजबुत ड्राइभिङ अनुभव दिन्छ। यसको प्रदर्शन र आरामको स्तरले जो कोहीलाई प्रभावित पार्छ।

त्यसपछि eटुनल्यान्ड रहेको छ, जुन इलेक्ट्रिक पिकअप हो र यसले टुनल्यान्डको ग्रीन भविष्यतर्फको कदमलाई देखाउँछ।इन्धन रहित पिकअप ल्याएर टुनल्याण्डले वातावरणमैत्री विकल्प प्रदान गर्दैछ जसमा फोटोन टुनल्यान्डका गाडीहरूबाट सधैं अपेक्षा गरिने पावर र पर्फर्मेन्सका विशेषताहरू भने यथावत छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.