शुक्रबार, असार २६,२०८३ 06:48:23
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 06:48:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रुसी तेलबाट भारतले नाफा कमाएको अमेरिकी अर्थमन्त्रीको आरोप, थप ट्यारिफ लगाउने संकेत

Laxmi Sunrise Bank Limited
रुसी तेलबाट भारतले नाफा कमाएको अमेरिकी अर्थमन्त्रीको आरोप, थप ट्यारिफ लगाउने संकेत

काठमाण्डौ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भारतले रुसबाट सस्तो तेल खरिद गरेर, त्यसलाई प्रशोधन गरी महँगो मूल्यमा बेचेर नाफा कमाएको आरोप लगाएका छन्। ट्रम्प प्रशासनले भारतमा कुल ५० प्रतिशत कर लगाएको बेला बसेन्टको यो टिप्पणी आएको हो ।  

भारतमाथि लगाइएको ट्यारिफमा रुसी तेलको खरिदमा थप २५ प्रतिशत ट्यारिफ पनि समावेश छ, जुन २७ अगस्टदेखि लागू हुनेछ। समाचार एजेन्सी पीटीआईका अनुसार न्यूज च्यानल सीएनबीसीमा चीन र भारतप्रति अमेरिकाको दोहोरो रवैयाबारे सोधिएको प्रश्नको जवाफमा बेसन्टले रुस–युक्रेन युद्धपछि रुसबाट चीनको तेल आयात ३ प्रतिशतले मात्र बढेको र भारतको आयात ४० प्रतिशतले बढेको बताएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

उनले भने, ‘भारतले नाफा मात्रै कमाईरहेको छ। यसबाट १६ अर्ब डलर थप नाफा कमाएको छ। भारतका केही धनी परिवारले यसबाट नाफा कमाएका छन् । भारतको यो व्यापार युद्धको सुरुवातदेखि नै चल्दै आएको छ । यो बिल्कुल अस्वीकार्य छ।’  

उनले ब्लुमबर्गलाई दिएको अन्तर्वार्तामा ट्रम्प र पुटिनबीचको वार्तामा कुनै सहमति नभए रुसको तेल खरिदका सम्बन्धमा भारतमाथि थप प्रतिबन्ध लगाउन सक्ने संकेत पनि दिएका छन् ।

भारतले अमेरिकाको कर लगाउने कदमलाई अनुचित भन्दै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने बताएको छ । वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिनप्रसादले संसदमा भारत र अमेरिकाबीच व्यापार सम्झौताका विषयमा वार्ता भइरहेको बताएका छन् ।  

दुवै देशले गैर–संवेदनशील कृषि उत्पादनलगायतका वस्तुको व्यापारलाई उदारीकरण गर्नेबारे छलफल गरिरहेका छन्।

पीटीआईका अनुसार दुई देशबीच हालसम्म पाँच चरणको वार्ता भइसकेको छ तर अमेरिकी टोलीले अगस्ट २५ देखि प्रस्तावित छैठौं चरणको वार्ता रोकेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.