काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा गरिएको छ ।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरुलाई आर्थिक २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले उक्त योजनाका इर्काधीनहरुलाई १२ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि सार्वजनिक गरिने क्याटिलले जनाएको छ ।