मंगलवार, बैशाख ८,२०८३ 02:18:57
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 02:18:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मल्टिपल डिम्याट खाताको विषय सीडीएससीमै अड्कियो, ब्रोकरहरु हेरेको हेर्यै !

Bizshala
मल्टिपल डिम्याट खाताको विषय सीडीएससीमै अड्कियो, ब्रोकरहरु हेरेको हेर्यै !
Shivam Cement

काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले मल्टिपल डीपीको माग राखेको लामो समय बितिसकेको छ । मल्टिपल डिपिको बिषयमा केही प्राविधिक पक्ष पनि रहेको कारण यस विषयमा तयारी गर्न धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशन दिएको छ ।  

तर यो बिषय लामो समयदेखि सीडीएससीमा नै अड्किएको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले यस विषयमा केही नीतिगत ब्यबस्था पनि आबश्यक रहेको बताए । उनले भने, ‘केही निष्क्रिय खाता सहज रुपमा बन्द गर्ने ब्यबस्था गर्न अबश्यक रहेको छ । विभिन्न ठाँउमा खाता खोल्ने ब्यक्ति एउटै हो वा होइन भन्ने पहिचान गरेर यस बिषयलाई टुगोमा पुर्याउनु पर्ने हुन्छ ।’ नविकरण नभएका खाता कसरी बन्द गर्ने भन्ने बिषयमा सीडीएससीले तयारी गरिरहेको समेत न्यौपानेले जानकारी दिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले  माल्टिप डीपीको बिषयमा हालसम्म कुनै प्रगति नभएको बताए ।  

खासगरि, लगानीकर्ताहरुले करोेडौको सेयर किनेर अर्को ब्रोकरमार्फत सेयर बेच्न थाले पछि ब्रोकरहरुले मल्टिपल डीपीको माग राख्दै आएका छन् । अध्यक्ष ढकालका अनुुसार हाल ब्रोकरहरुले विश्वासको आधारमा लगानीकर्ताहरुलाई करोडौसम्म कोल्याट्रल दिएका छन् । उनले उदाहरण दिँदै भने, ‘यदि कसैले २५ लाख रुपैयाँ ब्रोकरलाई दिएमा ब्रोकरले विश्वासको आधारमा एक करोडसम्म कोल्याट्रल दिनसक्छ । तर बाहिरको डीपी भएको खण्डमा किनेको सेयर दोस्रो ब्रोकर वा डीपीमा जाने गर्छ । पहिलो ब्रोकरमा पैसा नतिरी लगानीकर्ताले दोस्रो ब्रोकरबाट सेयर बेचेर लगानीकर्ता सम्पर्कविहिन हुने प्रवृत्ति बढेपछि हामीले मल्टिपल डीपीको माग राखेका हौं ।’  

हाल सेयर बजारमा लगानीकर्ताले २५ प्रतिशत ग्यारेन्टि राखेर शतप्रतिशत सेयर किन्ने प्रचलन रहेको छ । तर लगानीकर्ताले बाँकी पैसा नतिरिकन दोस्रो ब्रोकरबाट सेयर बेच्न थाले पछि ब्रोकरहरुलाई यस्तो समस्या पर्न थालेको हो ।  

हाल सेयर बजारमा एक ब्रोकरबाट सेयर किनेर बीओ –टु– बीओ गर्ने तथा दोस्रो ब्रोकरबाट सेयर बेच्ने प्रचलन बढ्दै गएको ब्रोकरहरुले गुनासो गर्दै आएका छन् । हाल एक लगानीकर्ताले २ वटा मात्रै डीपी खोल्न ब्यबास्ता रहेता पनि लगानीकर्ताहरुले मल्टिपल डीपी खोल्ने गरेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.