काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।
कम्पनीले गत साउन २७ गतेदेखि भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत भदौ ६ गते खोलि १० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।
आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम भदौ १२ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको अवितरित हकप्रद सेयरको कटअप मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ कायम भएकोमा उक्त मूल्यमा बोलपब पेश गर्नेहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।