काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई निराश बनाएको छ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिेन निर्णय गरेर निराश बनाएको हो ।
संस्थाको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि कुनै पनि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । उक्त बैठकले लाभांश प्रदान नगर्ने निर्णयसहितको आव २०७९/८० को वासलता,नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूची लगायत लेखा सम्बन्धी नीति तथा टिप्पणीहरु स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
संस्थाले आव २०७८/७९ का लागि भने २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।