मंगलवार, भाद्र २,२०८३ 07:53:29
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 07:53:29
Bizshala
Global IME Bank Limited

यो देशमा पाइन्छ सबैभन्दा सस्तो पेट्रोल, महङ्गो कहाँ ?

यो देशमा पाइन्छ सबैभन्दा सस्तो पेट्रोल, महङ्गो कहाँ ?
New Office

काठमाण्डौ । विश्वमा पछिल्लो समय कच्चा तेलको मूल्य निरन्तर बढीरहेको छ । तर विश्वमा केही यस्ता देश छन् जहाँ इन्धनको मूल्य निकै सस्तो पाइन्छ ।  

ग्लोबल पेट्रोल प्राइसेसका अनुसार विश्वमा सबैभन्दा सस्तो पेट्रोल उत्तर अफ्रिकी देश लिबियामा छ। यो देशमा पेट्रोलको मूल्य ०.०२८ डलर अर्थात् करिब २.४५ रुपैयाँ छ । लिबियामा अफ्रिकाको सबैभन्दा ठूलो तेल भण्डार छ।  

विश्वको भने यो नवौं स्थानमा पर्छ। एक अनुमान अनुसार यो देशमा ४८.३ हजार मिलियन ब्यारेल कच्चा तेलको भण्डार छ । सन् २०११ मा गद्दाफी सरकारको पतनपछि देश राजनीतिक उथलपुथलको अवधिबाट गुज्रिरहेको छ। गृहयुद्ध र विभिन्न समूहबीचको आपसी द्वन्द्वका कारण यो देशमा कच्चा तेलको उत्पादन नराम्ररी प्रभावित भएको छ ।

Bizshala
CG Motors

लिबियापछि सबैभन्दा सस्तो तेल इरानमा छ । यो देशमा एक लिटर पेट्रोलको मूल्य ०.०२९ डलर छ । इरानसँग करिब २०८.६ हजार मिलियन ब्यारेल कच्चा तेलको भण्डार छ, जुन भेनेजुएला र साउदी अरेबियापछि सबैभन्दा बढी हो। भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो तेल भण्डार छ (३०३.८ हजार मिलियन ब्यारेल)।

यो देशमा एक लिटर पेट्रोलका लागि ०.०२५ डलर खर्च गर्नुपर्ने हुन्छ । तर इरानले जस्तै भेनेजुएलाले पनि पश्चिमी मुलुकको प्रतिबन्धका कारण आफ्नो तेल भण्डारको फाइदा उठाउन सकेको छैन । कुवेत, अल्जेरिया, इजिप्ट, कजाकिस्तान, नाइजेरिया, साउदी अरेबिया र युएई पेट्रोलको मूल्य सबैभन्दा कम भएका देश हुन् । विश्वमा सबैभन्दा बढी कच्चा तेल उत्पादन गर्ने देश अमेरिकामा करिब ४७.१ लाख ब्यारेल तेलको भण्डार छ।

यस्तै विश्वमा सबैभन्दा महङ्गो पेट्रोल हङकङमा रहेको छ । यहाँ प्रतिलिटर पेट्रोलको मूल्य ३.५७८ डलर रहेको छ । यस्तै आइसल्याण्डमा २.४५ डलर, डेनमार्क २.२४३, नेदरल्याण्ड २.२२७, इजरायल २.१३८, स्वीट्जरल्याण्ड २.०९२,नर्वे २.०२७ र आयरल्याण्ड २.००६ डलर रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.