मंगलवार, कार्तिक ३,२०८३ 01:25:48
  • मंगलवार, कार्तिक ३,२०८३ 01:25:48
Global IME Bank Limited

मन्त्री र सरोकारवालालाई मुक्तिनाथ कृषि कम्पनीले भन्योः 'कानून सहज बनाइए १० अर्ब लगानी गर्छौं'

Bizshala
मन्त्री र सरोकारवालालाई मुक्तिनाथ कृषि कम्पनीले भन्योः 'कानून सहज बनाइए १० अर्ब लगानी गर्छौं'
New Office

काठमाण्डौ । सार्वजनिक निजी साझेदारीमा, आधुनिक(अन्तराष्ट्रिय स्तरको) थोक कृषि बजार स्थापना र संचालनको औचित्य, आवश्यकता र लगानी प्रवद्र्धनको विषयमा काठमाण्डौमा एक कार्यशाला भएको छ ।  

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहकार्य, नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजना र म्ँऋम्रक्ल्ख् परियोजनाको सहयोगमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले काठमाण्डौको लाजिम्पाटमा कार्यशाला कार्यक्रमको आयोजना गरेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रमलाई सम्बोधन गर्दै मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक भरतराज ढकालले किसानहरुले गरेको उत्पादनको बाइव्याक ग्यारेन्टी गरी उत्पादनमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय स्तरको थोकबजार आवश्यक रहेकोले कार्यक्रमको आयोजना गरिएको बताए ।  

कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय अवस्थाः चुनौती र अवसरहरु सम्बन्धमा विज्ञ प्रस्तुतीकरण र आधुनिक थोक कृषि बजार स्थापना र संचालनको नीतिगत विषय तथा हालसम्मका अनुभवहरुको सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि विभाग, नेपाल राष्ट्र बैंक र कृषि उद्यम केन्द्र सम्मिलित प्यानल छलफल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री रामनाथ अधिकारीले साना किसानहरुको जीवनस्तर उकास्न र ठूला किसानहरुलाई सेवा दिने दिशामा निजी क्षेत्र लाग्नुपर्ने र मुक्तिनाथ कृषि कम्पनीले शुरु गरेको अभियानमा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने बताएका थिए ।  

त्यस्तै, मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि विधेयक मन्त्रिपरिषदमा लैजाने अन्तिम तयारीमा रहेको र ऐन कार्यान्वयन भएपश्चात उत्पादन, प्रशोधन र बजार व्यवस्थापन सम्बन्धि धेरै विषयहरु समाधान हुने दाबी गरेका थिए । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले कृषि सम्बन्धी प्रशोधन, बजारीकरण र अन्य ठूला योजनाहरुलाई अगाडि बढाउन बोर्ड कुरिरहेको जानकारी दिएका थिए ।  

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रका समस्याहरु समाधानका लागि महासंघले विभिन्न पहलहरु गरिरहेको र बजार व्यवस्थापनका लागि करार खेति ऐन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।  

आधुनिक थोक बजार स्थापना र संचालनको सम्बन्धमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले भिडियोमार्फत सरकारले जग्गाको व्यवस्थापन र कृषि बजार सम्बन्धी स्पष्ट कानुन जारी गरेमा, पुराना बजार संचालकहरु र नयाँ व्यवसायीहरुलाई समेट्दै १० अर्ब पूँजी लगानी गर्न तयार रहेको सन्देश दिएको थियो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.