मंगलवार, आश्विन २८,२०८२ 12:24:41
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 12:24:41
IME remit
Global IME Bank Limited

नयाँ फिचरसहित शाओमीले सार्वजनिक गर्यो रेडमी १५ र रेडमी १५सी

Hyundai Nepal
नयाँ फिचरसहित शाओमीले सार्वजनिक गर्यो रेडमी १५ र रेडमी १५सी
Shivam Cement

काठमाण्डौ । शाओमीले दुई नयाँ आकर्षक मोडल, रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको जनाएको छ । 

रेडमी १५ : शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन

रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० mAh क्षमताको विशाल ब्याट्री छ, जुन सजिलै दुई दिनसम्म टिक्न सक्छ । यसमा रहेको ३३W फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८W रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

Shivam Cement
Bizshala
CG Motors

यसको ६.९ इन्चको FHD+ डिस्प्ले रहेको र १४४Hz रिफ्रेस रेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्दछ । TÜV Rheinland ट्रिपल आई-केयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत गर्छ भने आकर्षक क्वाड-कर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै, IP64 सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट समेत सुरक्षित राख्छ ।

फोटोग्राफी प्रेमीहरूका लागि यसमा ५०MP एआई डुअल क्यामेरा प्रणाली र ८MP फ्रन्ट क्यामेरा उपलब्ध छ । शक्तिशाली Snapdragon 685 चिप, उन्नत HyperOS 2 र Google Gemini का साथ यसले गेमिङदेखि मल्टिटास्किङसम्म चलाउन सहजता सुनिश्चित गर्छ । 

साथै, यसमा २TB सम्मको एक्सप्यान्डेबल स्टोरेजको सुविधा पनि छ ।

रेडमी १५C : आकर्षक र स्मार्ट

रेडमी १५C आफ्नो ७.९९mm स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यो रेडमी १५ भन्दा अलि स्लिम भए पनि यसमा रहेको ६०००mAh क्षमताको ब्याट्रीले दिनभरि टिक्ने क्षमता राख्छ । यसमा ३३W फास्ट चार्जिङ र १०W रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।

यसमा ६.९ इन्चको HD+ डिस्प्ले र १२०Hz रिफ्रेस रेट रहेको छ, जसले गेमिङ र स्क्रोलिङलाई अझै सहज बनाउँछ । MediaTek Helio G81-Ultra प्रोसेसरले द्रुत र स्थिर प्रदर्शन सुनिश्चित गर्छ । यसमा पनि ५०MP एआई डुअल क्यामेरा र ८MP फ्रन्ट क्यामेरा उपलब्ध छन्, जसले पोर्ट्रेट वा नाइट मोडसहितका उत्कृष्ट फोटो खिच्न सक्षम बनाउँछ ।

रेडमी १५C मा पनि १TB सम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा, नवीनतम् HyperOS 2 र Google AI का Circle to Search तथा Gemini जस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् । साथै, IP64 सुरक्षासहित यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ । नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री लाइफ, उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट फिचरसहित नेपाली उपभोक्तालाई सेवा प्रदान गर्ने शाओमीले विश्वास व्यक्त गरेको छ ।

विभिन्न आकर्षक रंगमा उपलब्ध

रेडमी १५ तीन आकर्षक रंगमा उपलब्ध छ — Sandy Purple, Titan Gray र Midnight Black । यस्तै, रेडमी १५C तीन चम्किला रंगमा उपलब्ध छ — Midnight Black, Moonlight Blue र Mint Green ।

मूल्य र भेरियन्ट

  • रेडमी १५

·        ६GB + १२८GB : रु. १८,९९९

·        ८GB + २५६GB : रु. २१,९९९

  • रेडमी १५C

·        ४GB + १२८GB : रु. १४,९९९

·        ६GB + १२८GB : रु. १६,४९९

·        ८GB + २५६GB : रु. १८,९९९

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.