बुधबार, भाद्र १८,२०८२ 06:01:50
  • बुधबार, भाद्र १८,२०८२ 06:01:50
Global IME Bank Limited

एभरेष्ट बैंकको लाभांश घोषणा सम्भवतः यही साता, बोनस र नगद केमा जोड देला ?

Hyundai Nepal
एभरेष्ट बैंकको लाभांश घोषणा सम्भवतः यही साता, बोनस र नगद केमा जोड देला ?
Shivam Cement

काठमाण्डौ । गत आर्थिक वर्षका लागि सबैभन्दा राम्रो वितरणयोग्य मुनाफा आर्जन गर्न सफल एभरेष्ट बैंक लिमीटेडको लाभांश घोषणा यही साताभित्र हुने सम्भावना देखिएको छ ।  

नेपाल राष्ट्रबैंकस्थित उच्च स्रोतकाअनुसार एभरेष्ट बैंकले पठाएको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको अन्तिम चरणमा छ । केन्द्रीय बैंकबाट वासलात स्वीकृत भएलगत्तै एभरेष्ट बैंकको सञ्चालक समितिको बैठकले लाभांशको विषयमा आवश्यक निर्णय लिनेछ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत वर्ष एभरेष्ट बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गरी दशैंअघि नै सेयरधनीलाई वितरण गरेको थियो । यसपटक पनि एभरेष्ट बैंकले वाणिज्य बैंकहरुमध्ये लाभांश घोषणा गर्ने पहिलो संस्था बन्ने प्रयास गरे पनि राष्ट्रबैंकले समयमै वासलात स्वीकृत नगर्दा समस्या भयो । जसका कारण यो पटक भने माछापुच्छ्रे बैंक वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला घोषणा गर्ने बैंक बन्न पुग्यो ।  

कति देला लाभांश ?

आर्थिक वर्ष २०८१/८२ मा एभरेष्ट बैंकको लाभांश क्षमता ३८ प्रतिशत रहेको छ । यो वाणिज्य बैंकहरुमध्येकै उच्च क्षमता पनि हो ।  

यो बैंकको चुक्तापूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । औसत चुक्तापूँजी रहेको बैंकले राम्रो विजिनेश गरेर तथा एनपीएल बढ्न नदिएर राम्रो नाफा निकालिरहेको छ । यस्तो अवस्थामा बैंकले यो वर्ष बोनस वा नगद लाभांश कुनमा जोड गर्ला ? भन्ने खुल्दुली हुनसक्छ ।  

बैंकका एक सञ्चालकले यसपटकको लाभांशको मोडल कस्तो हुने भन्ने विषय बैठक बसेपछि मात्र थाहा हुने बताए । तर, ती सञ्चालकका अनुसार यसपटक बैंकको उच्च व्यवस्थापनले बोनस सेयरमा बढी जोड गर्न नहुने र चुक्तापूँजीको आकार धेरै बढाउन नहुने अनौपचारिक छलफलका क्रममा संकेत दिइसकेको छ । यदि उच्च व्यवस्थापनको चाहनामा सञ्चालकहरुको सहमति रहेको खण्डमा एभरेष्ट बैंकले यसपटक बोनस सेयर भन्दा नगद लाभांशलाई बढी प्राथमिकता दिने देखिन्छ । 

ती सञ्चालकको भनाई चुक्तापूँजी धेरै बढाएर सोअनुसारको विजिनेश नहुँदा आगामी दिनमा लाभांशमा दवाब पर्नसक्छ । एकहिसाबले प्रत्येक वर्ष निकै राम्रो ढंगले मेन्टेन भइरहेको रिटर्न अन इक्वीटीको स्तर पनि खस्किन सक्छ । आर्थिक वर्ष २०८१/८२ मा यो बैंकको आरओई  १६.४४ प्रतिशत छ, जुन अघिल्लो वर्ष  १४ प्रतिशत हाराहारीमा सीमित थियो । यसकारण थप प्रेसर नलिई आगामी दिनमा काम गर्नका लागि र बैंकको हालको लोभलाग्दो अवस्थालाई निरन्तरता दिनका लागि समेत बोनस सेयर भन्दा नगद लाभांशमै जोड हुने गरी निर्णय आउनसक्ने सम्भावना देखिएको छ ।  

यता, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङसँग वित्तीय विवरण स्वीकृतिमा भएको ढिलाई लगायतका विषयमा कुरा बुझ्न खोज्दा उनले यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.