बुधबार, भाद्र २५,२०८२ 08:12:33
  • बुधबार, भाद्र २५,२०८२ 08:12:33
Global IME Bank Limited

सपोर्ट लघुवित्तले तय गर्‍यो साधारण सभाको मिति, लाभांशको अजेण्डा पारित गरिने

Hyundai Nepal
सपोर्ट लघुवित्तले तय गर्‍यो साधारण सभाको मिति, लाभांशको अजेण्डा पारित गरिने

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि स्थगित वार्षिक साधारण सभाको नयाँ मिति तय गरेको छ । चैत ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको नवौं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  ।  

बैठकले आगामी चैत १७ गते सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा हाल कायम रहेको चुक्ता सेयरपूँजी ९ करोड ५२ लाचख ३८ हजारबाट वृद्धि गरी १० करोड ७६ लाख १८ हजार ९४० रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरिनेछ ।  

अन्य कुनै लघुवित्तलाई एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने/प्राप्ति भई जाने सम्बन्धि सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसममको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

सभामा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ जना गरी कुल ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले गत पुस १६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । संस्थाले गत पुस २७ गते बोलाएको साधारण सभा गणपुरक संख्या नपुगेकाले स्थगित गरेको थियो । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.