बिहीबार, भाद्र १९,२०८२ 11:01:54
  • बिहीबार, भाद्र १९,२०८२ 11:01:54
Global IME Bank Limited

धौलागिरी लघुवित्तको लक इन अवधि आजदेखि समाप्त हुँदै

Hyundai Nepal
धौलागिरी लघुवित्तको लक इन अवधि आजदेखि समाप्त हुँदै
Shivam Cement

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आजदेखि समाप्त हुने भएको छ।  आजदेखि संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।  

खप्तड लघुवित्तसँग मर्जरमा गएको संस्थाको मर्जरपश्चात संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १५ सय कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ ।   

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मर्जरअघि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर संख्या २ लाख ६८ हजार र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर संख्या २ हजार कित्ता थियो ।  

संस्थाले २०७९ भदौ ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७९ भदौ २० गते बाँडफाँड गरिएको थियो ।  

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन तहका कर्मचारीहरुले भने पद बहाल रहुन्जेल र अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म खरिदबिक्री गर्न पाउने छैनन् ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.