काठमाण्डौ । हिमालयन क्यापिटल योजना व्यवस्थाप रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ को गत आव २०८१/८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।
योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ यही भदौ २७ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ भदो २६ गतेभित्र नेप्सको प्रणालीमा कारोबार भई कायम हुने इकाइधनीहरुले मात्र घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
‘हिमालयन ८०–२०’का इकाइधनीहरुलाई १६.१६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने घोषणा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।