बुधबार, भाद्र ३,२०८३ 04:58:39
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:58:39
Bizshala
Global IME Bank Limited

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक
New Office

काठमाण्डौ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ । जहाँ हाम्रो जिवनमा हुने एक एक सेकेण्ड समयको महत्वलाई दर्साउन दुई साथीबीच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगि सकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारीत समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समय संग जोडेर ‘समयको मामलामा नो कम्प्रोमाइज’ भन्ने सन्देश देखाईएको छ ।

यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्य निष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रोमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो ।  

Bizshala
CG Motors

त्यैस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत ‘सर्तकताको मामलामा नो कम्प्रोमाइज’ भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

उक्त सामाजिक सन्देश मुलक विज्ञापन दर्शकहरुले अत्याधिक रुचाएको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापनमात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको उल्लेख गरेको छ ।  

शिवम् सिमेन्टले स्थापनाकालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रि गर्दै आएको जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.