काठमाण्डौ । कोठमाण्डौमा भएको जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको नर्भिक अस्पतालमा उपचार गरिएको छ । घाइतेहरुको शल्यक्रियादेखि सामान्य उपचारसम्म गरिएको अस्पतालले जनाएको छ ।
घाइतेमध्ये दुईजनाको सामान्य उपचारपछि डिस्चार्ज भएको, पेटमा गोली लागेका एकजना घाइतेको शल्यक्रिया पश्चात डिस्चार्ज भएको तथा दुईजना गोली लागेका घाइतेको उपचार हुँदै र उनीहरु खतरा मुक्त रहेको अस्पतालले जनाकारी दिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।