बुधबार, भाद्र २५,२०८२ 07:23:02
  • बुधबार, भाद्र २५,२०८२ 07:23:02
Global IME Bank Limited

पर्यटकलाई आवागमनमा सहजीकरण गरी पर्यटनमैत्री वातावरण बनाउन होटल संघको आग्रह

Hyundai Nepal
पर्यटकलाई आवागमनमा सहजीकरण गरी पर्यटनमैत्री वातावरण बनाउन होटल संघको आग्रह

 

काठमाण्डौ। होटल संघ नेपालले पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण बनाउन आह्वान गरेको छ । संघले एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो ।  

विज्ञप्तिमा भनिएको छ,‘विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेको हुँदा सम्बन्धित सबैबाट यथोचित पहल हुन होटल सङ्घ नेपालले आह्वान गरेको छ । वर्तमान परिस्थितिबाट प्रभावित देशका विभिन्न भागमा रहेका पर्यटकको उपयुक्त व्यवस्थापन एवं सहजीकरण गर्न होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनाको सहकार्य र संयोजनमा कार्य गर्दै आएको छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अलपत्र परेका पर्यटकलाई होटल आवास आवश्यकता भए होटल सङ्घ नेपालको हटलाइन सम्पर्क नम्बर ९८५१०३१४९५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

संघले आसन्न चाडपर्व र पर्यटकीय यामको प्रारम्भ हुने समयमा सिर्जित नयाँ परिवर्तन र सङ्क्रमणकालमा नेपालमा रहेका तथा आउने पर्यटकको उचित व्यवस्थापनमा होटललगायत आतिथ्य क्षेत्र सदाझैँ क्रियाशील रहेको जनाएको छ । यस कार्यमा सम्बद्ध सबै पक्षबाट आवश्यक प्राथमिकता र पहल भएको खण्डमा नेपाल आउने पर्यटकबाट हुन थालेको अत्यधिक एवं अप्रत्यासित ‘क्यान्सिलेसन’ केही हदसम्म रोक्न मद्दत पुग्ने देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

होटललगायतका निजी तथा सार्वजनिक सम्पत्तिमा भएका आगजनी देशकै सम्पत्तिको विनास हो र भोलि पनि आवश्यक पर्ने यस्ता महत्त्वपूर्ण संरचना निर्माणमा देशकै सीमित साधन तथा स्रोत खर्चिनुपर्ने हुँदा थप विनास हुन नदिन सबैमा होटल संघले अपिल गरेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.