काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हाल देशमा सिर्जित विषम् परिस्थितीमा सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
े‘नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको भदौ २६ गते जारी विज्ञप्तिअनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू हुने व्यवस्था गरिएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराइन्छ । साथै, यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्नुहुन समेत अनुरोध छ ’राष्ट्र बैंकद्वाारा जारी सूचनामा उल्लेख छ ।