मंगलवार, आश्विन १३,२०८३ 06:29:00
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:29:00
Bizshala
Global IME Bank Limited

नयाँ अर्थमन्त्रीप्रति लगानीकर्ताहरु उत्साहित, भन्छन् ‘डढेलो लागेको अर्थतन्त्रमा अब मूना पलाउँछ’

Bizshala
नयाँ अर्थमन्त्रीप्रति लगानीकर्ताहरु उत्साहित, भन्छन् ‘डढेलो लागेको अर्थतन्त्रमा अब मूना पलाउँछ’
New Office

काठमाण्डौ । राजनीतिक कोर्ष करेक्सनसँगै आज देशले नयाँ अर्थमन्त्री पाएको छ । अघिल्लो साता जेनजीको आन्दोलनसँगै बदलिएको राजनीतिक घटनाक्रमसँगै अर्थ मन्त्रालयका पूर्व अर्थसचिव रामेश्वर खनालले आज कार्यभार सम्हालेका छन् । अर्थमन्त्री रोमश्वर खनाल त्यस्तो व्यक्ति हुन जसले अर्थतन्त्र सुधारको लागि उच्चस्तरिय अर्थतन्त्र सुधार प्रतिवेदन बनाएर सरकारसमक्ष पेश गरेका थिए । जसमा उनले समग्र अर्थतन्त्र सुधारका साथै पूँजीबजारको सुधारको लागि केही सुझाव दिएका छन् ।  

जसलाई खनाल आयोग प्रतिवेदनको रुपमा पनि चिनिन्छ । जसमा पूँँजीबजार सुधारको लागि हालको स्टक एक्सचेञ्जको पुनर्संरचना गर्दै अघि बढ्नु पर्ने उनको सुझाव थियो । खनाल पूँजीबजारप्रति लचक र सकारात्मक सोच राख्ने व्यक्तिको रुपमा समेत परिचित छन् । हाल सेयर बजार बन्द रहेता पनि पूँजीबजारका लगानीकर्ताहरु खनालप्रति निकै आशाबादी र सकारात्मक छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसै विषयमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसी राम ढकालले अर्थतन्त्रलाइ गहिरो रुपमा बुझेको र अर्थसचिव भईसकेको व्यक्ति सरकारमा आउनु निकै उत्साहजनक भएको बताउँछन् । ढकालले भने, ‘अघिल्लो सरकारले विश्वास गरेर अर्थतन्त्र सुधार आयोग प्रतिवेदनको संयोजक बनाएको व्यक्ति अर्थमन्त्रीको रुपमा आउनु भनेको आफूले दिएका सुझावहरु कार्यान्वयनमा लैजाने अवसर प्राप्त गर्नु हो ।’

उनले थप्दै भने, ‘यससँगै अब डढेलो लागेका अर्थतन्त्रमा मूना पलाउने छ ।’ उनले नयाँ अर्थमन्त्रीलाई पूँजी बजारमा तत्काल तीन काम गर्न समेत सुझाव दिए । उनले बैंक तथा वित्तीय क्षेत्रलाई सेयर काराबारमा सहज गर्नुपर्ने , दोस्रो बजारमा गएका लगानी कम्पनीहरुलाई पनि सेयर कारोबारमा सहज गर्नुपर्ने तथा मार्जिन कारोबारको विषय जतिसक्दो छिटो अगाडी बढाउनु पर्ने जस्ता माग राखे । हाल दोस्रो बजारमा सेयर कर्जामा लगानीकर्ताहरुलाई लगाइएको २५ करोडको क्याप पूर्ण रुपमा हटाउनु पर्ने पनि उनले माग गरे ।  

यसै विषयमा नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले नयाँ अर्थमन्त्रीबाट लगानीकर्ताहरुले मुख्य गरेर नीतिगत सुधारको अपेक्षा राखेको बताए । उच्चस्तिरिय सुझाव आयोगमा समेत बसेका खनालले अब पूँजीबजार तथा अर्थतन्त्रका अन्यौल्तालाई हटाउनु पर्ने उनले सुझाव दिए । उनले पूँजीबजार सुधारको लागि तीन वटै निकायसँग समन्वय गरेर एनआरएनलाई भित्राउनु पर्ने , मार्जिन कारोबारको ब्यवस्था तुरुन्तै गर्नुपर्ने जस्ता सुझाव राखे ।  

यसै विषयमा पूँजीबजारका एक सक्रिय तथा पुराना लगानीकर्ता प्रकाश रजौरे भन्छन ‘अर्थमन्त्रीको रुपमा रामेश्वर खनाल आउने समाचारसँगै हामी सेबै सेयर लगानीकर्ता निकै उत्साहित भएका छौं । अव अर्थमन्त्रीले पूँजीबजारमा सुधारका लागि ३÷४ वटा काम अनिवार्य गर्नु पर्ने हाम्रो सुझाव रहेको छ ।’

उनले पूँजीबजारमा हाल लगानीकर्ताहरुलाई नेपाल राष्ट्र बैंकले लगाउँँदै आएको क्याप तुरुन्तै हटाउनु पर्नेमा जोड दिए  । यसले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव परेको उनको ठम्याई छ । अब राष्ट्र बैंकको क्यापको कुनै औचिन्य पनि नरहेको उनले दाबी गरे ।  

यस्तै उनले हाल बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगाइको क्याप तथा बन्देजलाई फुकुवा गर्नुपर्ने समेत माग उनले राखे । धितोपत्र बोर्डले पनि आइजिनको विषयलाई छिट्टै टुङ्ग्याउनु पर्ने पनि रोजौरले बताए । रजौरेले ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारको लागि ब्रोकरहरुको क्षमता अनुसार गर्न दिनु पर्ने , प्रि–आईपीओ तुरुन्तै बन्द गर्नुपर्ने जस्ता माग राखे ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.