काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको स्थगित साधारण सभाको मिति तय गरिएको छ । गत भदौ २९ गतेका लागि डाकिएको साधारण सभा विद्यमान संवेदनशील परिस्थितिका कारण स्थगित भएको थियो ।
उक्त सभा अब असोज ९ गते काठमाण्डौको थापाथलीमा रहेको बीएलसी सभा कक्षमा साझ ५ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने र आव २०८१÷८२ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि २.१०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आईपीओ निष्कासनका लागि सञ्चालक समितिको निर्णयबाट नियुक्त भएका निष्कासन प्रबन्धकको नियुक्ती अनुमोदन गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु पारित गरिनेछ ।