काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ अर्ब ४९ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ ।
यसका साथै केन्द्रीय बैंकले थप ५ अर्ब रुपैयाँ उठाउने भएको छ।
साथै उसले २८ दिन अवधिको ५ करोड रुपैयाँ र ९१ दिन अवधिको ५ अर्ब ४९ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको छ। जसमा ९१ दिन अवधिको थप ५ अर्ब रुपैयाँ नयाँ आन्तरिक ऋण उठाउने र बाँकी नवीकरण गर्न लागिएको छ।
उक्त ट्रेजरी बिलहरु क्रमशः चैत ७ गते र २०८१ वैशाख ११ गते परिपक्व हुने सूचनामा उल्लेख छ ।
सूचना अनुसार ती ट्रेजरी बिलहरु माघ ९ गते जारी हुनेछ भने बोलकबोल सोमबार माघ ८ गते अपरान्ह २ बजे हुनेछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।