काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको कुमारी सामूहिक लगानी कोष अन्तर्गतको ‘कुमारी सबल योजना’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।
आज मंगलबार नेप्सेमा कुमारी सबल योजनाको प्रति इकाई मूल्य रु १० कायम भएको ७ करोड ४४ लाख ७५ हजार ७० इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।
यससँगै आज नेप्से र कुमारी क्यापिटलबीच सूचिकरण सम्झौता समेत भएको छ । कम्पनीको दोस्रो बजार कारोबारका लागि उक्त धितोको स्टक सिम्बोल केएसवाई कायम गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको १० करोड इकाईमध्ये वितरण गरिएको ७ करोड ४४ लाख ७५ हजार ७० इकाई धितोपत्र सूचिकरण नियमावली,२०७५ बमोजिम सूचिकृत भएको हो । यससँगै अब यो म्युचुअल फण्ड भोदिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।