काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक डा. भिष्म कार्कीको राजीनामा स्वीकृत भएको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनी कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                