आईतवार, फाल्गुन ११,२०८१ 09:41:09
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:41:09
IME remit
Global IME Bank Limited

नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना छ: मन्त्री तामाङ

Hyundai Nepal
नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना छ: मन्त्री तामाङ
Nabil Bank Limited

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । काठमाण्डौ जारि ७ औं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन उनले यस्तो बताएका हुन् ।  

उक्त अवसरमा मन्त्री तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवद्धनमा ठूलो भुमिका खेलेको बताए । ‘निफले विश्वभरका नेपाली चलचित्र समुदायको प्रतिनिधित्व गर्दै आएको र यो नेपालका चलचित्रहरूका लागि मात्र नभई विश्वभरका चलचित्रहरूको लागि साझा मञ्च बनेको छ । ४० देशका चलचित्रकर्मीहरु सहभागी भएको महोत्सवमा यतिधेरै विदेशी पर्यटकहरु नेपालमा आउनुले नेपालको चलचित्र पर्यटनमा पनि महत्वपूर्ण भूमिका खोलेको छ भन्ने मलाई लाग्छ । मन्त्रालय मातहतबाट यसको प्रवद्र्धनमा मैले खेल्न सक्ने भूमिकाप्रति सकारात्मक छु ।’मन्त्री तामांङले भने ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

महोत्सवमा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ’वाइल्ड स्वान’ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।  

अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ’लभ लाइट’ले ’माउन्ट एभरेस्ट’ अवार्ड जितेको छ । त्यस्तै, ’आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमति अवार्ड जितेको छ ।

’द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड जित्यो । ९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागी बनेको थियो । डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने ’लाजरस पाथ’ले पायो । उत्कृष्ट राष्ट्रिय लघु फिल्म ’एट एनोदर विन्टर’ले जितेको छ भने ’ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड उचालिन् ।

नेपाली फिचर फिल्म ’बुलाकी’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्दा यही फिल्मबाट लक्ष्मण सुनारले उत्कृष्ट निर्देशक र अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ’अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्यो । त्यस्तै, फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ’पखेटा’ले जित्यो ।

राजेश श्रेष्ठ र संकल्प भुजेलले ’एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड उचाल्दा उत्कृष्ट अभिनेतामा भने विपिन कार्कीले ’एक भागवत एक गीता’बाट अवार्ड प्राप्त गरे । फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ’डेसान’ले अवार्ड पायो । उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्तले ’बुलाकी’बाट अवार्ड उचालिन् ।

विश्वका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव भन्ने नाराको साथ केपी पाठकको अध्यक्षतामा हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना हुँदे आएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.