• शुक्रबार, आश्विन ३,२०८२ 07:33:28
Global IME Bank Limited

हालसम्म १० कम्पनीले गरे लाभांश घोषणा, ८ को बुकक्लोज हुन बाँकी

Hyundai Nepal
हालसम्म १० कम्पनीले गरे लाभांश घोषणा, ८ को बुकक्लोज हुन बाँकी
Shivam Cement

काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुको लाभांश घोषणा हुन सुरु भएको छ । विशेषगरी सेयरबजारका लागि असोज र कात्तिक महिनालाई लाभांश घोषणाको सिजन पनि मानिन्छ ।  

हालसम्म १० कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही आधारमा नै हालसम्म १० कम्पनीले आफ्ना सेयरधनीहरुका  लागि लाभांश प्रस्ताव गरेका छन् ।  

लाभांश घोषणा गर्नेमा अधिकांश बैंकहरु रहेका छन् । जसमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड छन् ।  

त्यस्तै, हाइड्रो समूहतर्फ सिक्लेस हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर रहेका छन् भने लगानी समूहतर्फ हाथवे इन्भेष्टमेन्ट नेपाल र उत्पादन तथा प्रशोधन समूहतर्फ नेपाल ल्युव आयल रहेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत आवको मुनाफाबाट सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्ने कम्पनीमा नेपाल ल्युव आयल नै रहेको छ । यो कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  

सबैभन्दा थोरै लाभांश दिने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेको छ । यो कम्पनीले जम्मा ६.३१ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।  

लाभांश घोषणा गरेका १० कम्पनीमध्ये माछापुच्छ्रे बैंक र हाथवे इन्भेष्टमेन्ट कम्पनीको बुकक्लोज भइसकेका छ भने बाँकी ८ कम्पनीको बुकक्लोज हुन बाँकी छ । ८ मध्ये कामना सेवा विकास बैंकले असोज ८ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज ७ गतेसम्म कायम सेयरधनीले कामना सेवा विकास बैंकको लाभांश पाउनेछन् ।

यसबाहेक ७ कम्पनीले भने अझै बुकक्लोजको मिति तोकेको छैन । यसर्थमा यी कम्पनीहरुको सेयर खरिद गरेमा अझै लाभांश पाउन सकिनेछ ।

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.