Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 03:46:22
Bizshala
Global IME Bank Limited

हालसम्म १० कम्पनीले गरे लाभांश घोषणा, ८ को बुकक्लोज हुन बाँकी

हालसम्म १० कम्पनीले गरे लाभांश घोषणा, ८ को बुकक्लोज हुन बाँकी
New Office

काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुको लाभांश घोषणा हुन सुरु भएको छ । विशेषगरी सेयरबजारका लागि असोज र कात्तिक महिनालाई लाभांश घोषणाको सिजन पनि मानिन्छ ।  

हालसम्म १० कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही आधारमा नै हालसम्म १० कम्पनीले आफ्ना सेयरधनीहरुका  लागि लाभांश प्रस्ताव गरेका छन् ।  

लाभांश घोषणा गर्नेमा अधिकांश बैंकहरु रहेका छन् । जसमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड छन् ।  

त्यस्तै, हाइड्रो समूहतर्फ सिक्लेस हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर रहेका छन् भने लगानी समूहतर्फ हाथवे इन्भेष्टमेन्ट नेपाल र उत्पादन तथा प्रशोधन समूहतर्फ नेपाल ल्युव आयल रहेका छन् ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

गत आवको मुनाफाबाट सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्ने कम्पनीमा नेपाल ल्युव आयल नै रहेको छ । यो कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  

सबैभन्दा थोरै लाभांश दिने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेको छ । यो कम्पनीले जम्मा ६.३१ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।  

लाभांश घोषणा गरेका १० कम्पनीमध्ये माछापुच्छ्रे बैंक र हाथवे इन्भेष्टमेन्ट कम्पनीको बुकक्लोज भइसकेका छ भने बाँकी ८ कम्पनीको बुकक्लोज हुन बाँकी छ । ८ मध्ये कामना सेवा विकास बैंकले असोज ८ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज ७ गतेसम्म कायम सेयरधनीले कामना सेवा विकास बैंकको लाभांश पाउनेछन् ।

यसबाहेक ७ कम्पनीले भने अझै बुकक्लोजको मिति तोकेको छैन । यसर्थमा यी कम्पनीहरुको सेयर खरिद गरेमा अझै लाभांश पाउन सकिनेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.