बुधबार, भाद्र ३,२०८३ 02:22:32
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:22:32
Bizshala
Global IME Bank Limited

जापानमा ऋणात्मक ब्याजदरको अन्त्य,१७ वर्षमा पहिलोपटक बढ्यो ब्याजदर

जापानमा ऋणात्मक ब्याजदरको अन्त्य,१७ वर्षमा पहिलोपटक बढ्यो ब्याजदर
New Office

काठमाण्डौ । जापानले लामो समयदेखिको ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । जापानको केन्द्रीय बैंक‘बैंक अफ जापान’ले ऋणात्मक ब्याजदर अन्त्य गर्ने निर्णय गरेको हो । जापानको केन्द्रीय बैंकले वस्तु तथा सेवाको घट्दो मूल्यलाई नियन्त्रण गर्नका लागि ब्याजदरलाई ऋणात्मक गरेको थियो ।  

तर अहिले महंगी वृद्धि भएसँगै केन्द्रीय बैंकले विगत १७ वर्षमा पहिलोपटक ब्याजदर वृद्धि गरेको छ । बैंकले अल्पकालिन ब्याजदर ०.१ प्रतिशत ऋणात्मकबाट बढाएर शुन्यदेखि ०.१ प्रतिशत कायम गरेको छ ।  

Bizshala
CG Motors

जापानले सन् १९९० देखि वस्तु तथा सेवाको मूल्यमा गिरावटको सामना गरिरहेको थियो । विगतका वर्षहरुदेखि बैंकले शुन्यदेखि ऋणात्मक ब्याजदर कायम गरेर र ठूलो मात्रामा सम्पत्ति बिक्री गरेर विभिन्न मौद्रिक नीतिहरुमार्फत मूल्य बढाउन प्रोत्साहन गरिरहेको थियो ।  

‘जापानको अर्थतन्त्रमा केहि सुधारहरु देखिएको तर अझै पनि केहि कमी कमजोरीहरु भने यथावत नै छ ।’मंगलबार जापानको केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।  

मुद्रास्फिती बढेसँगै ब्याजदर पनि बढ्न पुगेको छ र बैंक अफ जापानलाई पनि ऋणात्मक ब्याजदर घटाउन दवाब पर्दे आएको थियो ।  

गत साता टोयोटा जस्ता जापानका ठूला कम्पनीहरुले अपेक्षाभन्दा बढी मात्रामा तलब वृद्धिको घोषणा गरेका थिए । केन्द्रीय बैंकले ब्याजदर सामान्यीकरण गर्नुअघि तलब र ज्यालामा उल्लेख्य वृद्धि हुनुपर्ने बताउँदै आएको थियो ।  

केन्द्रीय बैंकले ब्याजदरमा गरेको वृद्धि ठूलो नभएपनि यो सन् २००७ पछिकै पहिलो हो । यसअघि जापानको केन्द्रीय बैंक ऋणात्मक ब्याजदर कायम राख्ने विश्वको एक मात्रै केन्द्रीय बैंकको रुपमा रहेको थियो ।  

जापानको केन्द्रीय बैंकले ऋणात्मक ब्याजदरको युगलाई अन्त्य गर्नुलाई जापानको बढ्दो जीडीपी वृद्धि,बढ्दो तलब र ज्याला र बढ्दो कर्पोरेट  मुनाफाको रुपमा लिइएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.