काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडलेे संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २३ हजार ६५ कित्ता सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको हो ।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ । अन्यथा संस्थापकभन्दा बाहिर सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
यो सेयरको मूल्य बिक्रीकर्ता र खरिदकर्ताको आपसी समझदारीमा हुने जनाइएको छ ।