काठमाण्डौ । विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक शुन्य प्रतिशत ब्याजमा पाइने भएको छ । केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले नयाँ वर्ष योजना अन्तर्गत बेनेली बाइक शुन्य प्रतिशत ब्याजमा उपलब्ध गराउन लागेको हो ।
यसका साथै कम्पनीले बेनेली बाइक खरिदमा १ लाख रुपैयाँसम्मको छुटको व्यवस्था समेत गरेको छ । कम्पनीले उत्कृष्ट डिजÞाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु सन् २०१५ देखि नेपालमा बिक्री वितरण गर्दै आएको छ ।
तेस्रो मुलुकबाट आयात भयता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पर्ट्सपुर्जा पाइदैन भन्ने भ्रमलाई गलत सबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ । कम्पनीले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको छ । योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० % ब्यजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने छ ।
साथै अरु मोडलहरुका बाईकहरु मा विशेष छुटको बेवास्था पनि मिलाएको छ । कम्पनीले मोडल हेरि रु. १५ हजार देखी रु. १ लाखसम्मको छुट समेत प्रदान गरिने जनाएको छ ।