काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(स्टक ब्रोकर नं. ३४) र महेन्द्र रत्न वहुमुखी क्याम्पस ईलामको आयोजनामा सेयर वजार सम्वन्धी साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम चैत्र ६ गते मंलगवारका दिन सम्पन्न भएको हो ।
ग्लोबल मनि विक २०२४ को अवसरमा महेन्द्ररत्न बहुमुखी क्याम्पस अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी र भिजन सेक्युरिटिजको ईलाम शाखा कार्यालयको आयोजनामा क्याम्पसको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अरेरास्ववियु महेन्द्ररत्न बहुमुखी क्याम्पस ईलाम व्यवस्थापन संकाय कमिटी अध्यक्ष रतन तामाङको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय सदस्य अशोक खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक तारानाथ पराजुली, अनेरास्ववियु जिल्ला कमिटि ईलामका सह सचिवद्वय सुशान्त चापागाँई र विशाल कार्की, क्याम्पस कमिटिका अध्यक्ष गोपीराज आङ्देवे, भिजन सेक्युरिटिज प्रालि ईलामका शाखा प्रमुख मनोज राई लगायत व्यवस्थापन संकायका लगभग २३० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया,लगानीकर्ताले ध्यानदिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज् प्रालिका ईलाम शाखा प्रमुख मनोज राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।