काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ लाख कित्तान बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले ४ लाख २६ हजार ७७० कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र २१ हजार ९६० कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।