काठमाण्डौ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी आगामी एक वर्ष(२०८२ वैशाख २ गते)सम्मका आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु आरबिबि मर्चेण्ट बैकिङले गर्नेछ ।