काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय हसुलियाले बीमा दाबी भुक्तानी गरेको छ । संस्थाले ११ लाख २५ हजार २५९ रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।
संस्थाको शाखा कार्यालय हसुलियाको केन्द्र न. ७८ पबेरा मिर्मिरे व्वसायिक समुहमा आबद्ध सदस्य शिशिर चौधरी को मृत्यु पश्चात कर्जाको म्यादी जीबन बीमा बापत मृतककी श्रीमती मोनिका चौधरीलाई बीमा रकम तथा क्रिया खर्च वापतको उक्त रकम भुक्तानी गरेको जनाएको छ । संस्थाले मेट लाईफ एलिको ईन्स्योरेन्स कम्पनीसँग सदस्यको जीवन बीमा सहकार्य गरेकोमा उक्त दाबी रकम कैलारी गाउँपालिका वडा नं. ५ का अध्यक्ष बिष्णु चौधरीले चेक मार्फत हस्तान्तरण गरेका हुन्।
दाबी रकम हस्तान्तरण कार्यक्रममा बौनिया क्लष्टर प्रमुख मनोज कुमार ओली,सुदुर पश्चिम प्रदेशका कर्मचारीहरू आयोग घिमिरे, कर्जा असुली प्रमुख सुरत बहादुर सुनार, शाखा प्रमुख पुष्पराज कडायत,शाखाका कर्मचारीहरु गोपाल बहादुर कडायत,जानकी शाही,नरेश कुवँर तथा केन्द्र नं. ७८ का सदस्यहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।
दाबी भुक्तानी लिने क्रममा हकवाला मोनिका चौधरीले यस्ता किसिमका सुबिधाले संस्था तथा सदस्यको परिवारलाई आर्थिक भार नहुने बताइन् ।