काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर)आज खोलिने भएको छ ।
कम्पनीले लिलामीमा राखेको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल आज काठमाण्डौको टेकुमा रहेको आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।
कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सेयर भदौ २९ गतेदेखि असोज १२ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।