बिहीबार, श्रावण १४,२०८३ 01:26:40
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:26:40
Bizshala
Global IME Bank Limited

तेह्रथुम पावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

तेह्रथुम पावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको आठौं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी कात्तिक १७ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा दिनको साढे १२ बजेदेखि सुरु हुनेछ ।  

सभामा आव २०८१/८२ को सञचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आव २०८१/८२ को वासलात,नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

यस्तै उपरोक्त प्रस्तावहरुमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.