सोमबार, मंसिर ८,२०८२ 09:17:19
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 09:17:19
IME remit
Global IME Bank Limited

लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय

Hyundai Nepal
लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय
Shivam Cement

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ३२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २५ गते सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभा दिउसो ४.३० बजेदेखि सुरु हुनेछ ।  

सभामा गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
New Office
Garima Development Bank

 

यस्तै संस्थापक सेयरधनीको नाम सिबक्रिम होल्डींग्स् प्राइभेट लिमिटेडबाट आईजे ग्रुप होल्डींग्स् प्राइभेट लिमिटेडमा परिवर्तन भएको व्यहोरा अभिलेख गरी सो बमोजिमको प्रबन्धपत्र, नियमावली लगायतका कागजातहरूमा आवश्यक संशोधन तथा नियामक निकायहरूमा अद्यावधिक गर्नको लागि कम्पनी ऐन २०६३ को दफा २१ तथा कम्पनीको नियमावलीको नियम ५२ बमोजिम संशोधन गर्न स्वीकृत गरिनेछ ।  

यस्तै, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण सहितको २०८२ असार मसान्तसम्मको सञ्चालक समिति र लेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।  

सभामा चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १० गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.