बुधबार, चैत्र २०,२०८१ 12:27:27
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:27:27
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरो : बजारमा हाइड्रो र हिमालयन रि-इन्स्योरेन्सको चर्चा, महंगो कार बेचेर लगानी गर्ने सोचमा लगानीकर्ता !

Hyundai Nepal
ग्राउण्ड जिरो : बजारमा हाइड्रो र हिमालयन रि-इन्स्योरेन्सको चर्चा, महंगो कार बेचेर लगानी गर्ने सोचमा लगानीकर्ता !
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर उत्तारचढाव भएर बन्द भएको छ । 

सँधैको साता जस्तै यो दिन पनि हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं। 

Shivam Cement
Bizshala
CG Motors

यसै सिलसिलामा आज हामी काठमाण्डौको चारखाल र  कमलादीस्थित केहि ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचारलाई समेट्ने प्रयास गरेका छौं ।

सबैभन्दा पहिले कमालादीस्थित कोहिनूर इन्भेष्टमेन्ट सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३५  मा पुगेका थियौं ।यस ब्रोकरमा केहि परिपक्व विभिन्न क्षेत्रसम्बद्ध नयाँ लगानीकर्ताहरु पनि भेटिएका थिए । त्यस्ता  कोहि लगानीकर्ताहरु, जसले आफुलाई सेनाका पूर्वजनरल त कुनैले काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर भएको पनि बताए ।  

ब्रोकरमा भेटिएका केहिले त आफू फिल्मको हिरो भएको र आगामी साताबाट आफ्नो नयाँ सिनेमा हलमा लाग्नेसम्म बताए ।  ती लगानीकर्ताहरुले आफूहरु सेयर बजारमा आएको विषय चाहिं गोप्य नै राख्न चाहेको बताए। 

यतिकैमा एक आफूलाई फिल्मको हिरो बताउने ती लगानीकर्ताले त महंगो कार नै बेचेर सेयरमा लगानी  गर्न आँटेको  पनि बताउन भ्याए । उनीले ठट्यौली पारामा भने, ‘नजिकको साथीलाई इशारा गर्दै लौ चाबी लिनुस, मलाई पैसा दिनुस । सेयर किन्नु पर्यो ।’

‘अहिले एउटा कार बेचेर सेयरमा लगानी गरे आउने वर्ष २ वटा कार आउँछ । यहि हो सस्तोमा सेयर किन्ने अवसर’, ती लगानीकर्ताले भने ।  

केहि समयको बसाईपछि हामी चारखालस्थित क्यापिटल म्याक्स सेक्युरिटिज स्टक ब्रोकर नं ६२ मा पुग्यौं । उक्त ब्रोकरमा लगानीकर्ताको उपस्थिति राम्रै थियो । यस बेलासम्ममा दिनको १२ बजिसकेको थियो । बजार चाहिं सामान्य अंकले सकारात्मक थियो । यस ब्रोकरमा केहि लगानीकर्ता ल्यापटपमा कारोबार गर्न व्यस्त देखिन्थे भने केहि मोबाइलबाटै बजार हेर्दै थिए । 

केहि लगानीकताहरुले यो दिन उच्च कारोबार भएको हिमालयन रिइन्स्योरेन्सको चर्चा गरे । यसै ब्रोकरमा भेटिएका  अर्का लगानीकर्ताले भने, ‘यो कम्पनीको सेयर बजार बढ्दा त १ हजार रुपैयाँसम्म पुग्छ भनेका छन् । म पनि किन्ने सोचमा छु ।’

ती लगानीकर्ताले मन्द मुस्कानमा भने,  ‘बजारमा प्रतिकित्ता १ हजार रुपैयाँ भन्ने चर्चा छ। तर  ९०० रुपैया सम्म पुग्ला कि ?’ अरु कारण त केहि होइन अहिले नयाँ कम्पनी चलेका छन् । बैंकको अवस्था ठीकै  नै भयो ।’

अब यस्तै नयाँ कम्पनी चल्न सक्ने ती लगानीकर्ताले अनुमान लगाए । यतिकैमा बजार पुनः घट्न थाल्यो । केहि लगानीकर्ता भनेर उठेर हिँड्न थाले। यसबेलासम्म दिनको एक  बज्दै थियो  । बजार सामन्य अंकले घटेको थियो ।  

त्यहाँबाट हामी कमलपोखरीस्थित क्रिएटिभ सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४० मा पुग्यौं । दिनको एक बजिसकेको थियो । यस ब्रोकरमा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । यस बेलासम्म बजार ६ अंकले घटेको थियो । 

यस ब्रोकरमा पनि लगानीकर्ताहरुले  हिमालयन रि-इन्स्योरेन्स र एनआरएन कम्पनीको चर्चा गरिरहेका थिए। यस ब्रोकरमा भेटिएका लगानीकर्ताले भने अहिले बजार नै हिमालयन रिले अढाएको छ । यहाँ भेटिएका लगानीकर्ताहरुले बजारलाई अब हाइड्रोपावर र अन्य क्षेत्रले माथि लाने दाबी गरेका थिए ।  

केहि समयको बसाइपछि हामी कमलादीकै श्री कृष्ण सेक्युरिटिज स्टक ब्रोकर नम्बर २८ मा पुग्यौं । यस ब्रोकरमा लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । कोहि लगानीकर्ता पारिलो घाम तापेर बजार हेर्न मस्त थिए । केहि भने ब्रोकर हाउस भित्रै मस्त निन्द्रामा थिए भने कोेहि स्क्रिन बोर्डमा बजार हेर्दै थिए । यहाँ पनि कतिपय लगानीकर्ताहरुले हिमालयन रिइन्स्योरेन्सको नै  चर्चा गरिरहेका थिए ।  

एक लगानीकर्ताले भने, ‘अब बैंक तथा वित्तीय संस्थाहरु झटट् नबने भए । बजारमा नयाँ- नयाँ कम्पनी मात्रै चलेका छन् । यो भाउमा हिमालय रि-इन्स्योरेन्स किन्दा कसो होला ?’

उनीसँगै बसेका अर्का साथीले भने, ‘पख्नुहोस एक/ दुई दिन !, गत बिहीबार मात्रै एक ब्रोकरले हिमालयन रिको १० लाख कित्ताभन्दा बढी सेयर किनेको छ । त्यसको सप्लाई कस्तो आँउछ ? अनि मात्रै विचार गरौंला ।’

उनीसँगै बसेको अर्को लगानीकर्ता साथीले भने, ‘झटटै तै आउँदैन होला । केहि लगानीकर्ताहरु सर्वसाधरणतर्फको सञ्चालक उठ्न खोज्दै छन रे । उनीहरुले नै लाखौं कित्ता सेयर किनेको भन्ने पनि छ । केहि समय सेयर कर्नरिङ पनि हुन सक्छ । सोच विचार गरेर किनौंला।’

 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.