मंगलवार, फाल्गुन ५,२०८२ 03:57:21
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:57:21
Bizshala
Global IME Bank Limited

नेपाल ल्यूब आयलको ३४ औं साधारण सभा सम्पन्न, २१% लाभांश पारित

नेपाल ल्यूब आयलको ३४ औं साधारण सभा सम्पन्न, २१% लाभांश पारित
Shivam Cement

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले सेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

विगत १०–१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक, कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको जनाएको छ ।

सभामा अध्यक्ष अरुणकुमार चौधरी, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत करण चौधरी, सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापन समूहका सदस्यहरू तथा सेयरधनीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा ८४.८६ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुणकुमार चौधरीले भने ‘विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूबीच पनि कम्पनी आफ्नो लक्ष्यप्रति दृढतापूर्वक अघि बढिरहेको छ । गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गर्दै कम्पनीले सेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको छ । यस सफलताको श्रेय कम्पनीका समर्पित कर्मचारी, व्यवस्थापन टोली, सञ्चालक समिति तथा सेयरधनीहरूको विश्वास र सहकार्यलाई जान्छ । भविष्यमा पनि कम्पनी यही समर्पण र विश्वासका साथ अघि बढ्नेछ ।’

गतवर्ष जस्तै, यस वर्ष पनि कम्पनीको सशक्त प्रगति र सकारात्मक कार्यसम्पादनबाट सेयरधनीहरू उत्साहित देखिएका छन् ।

नेपाल ल्यूब आयल लिमिटेडले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष प्राविधिक सहयोग र निगरानीमा नेपालमै गल्फ ब्रान्डका लुब्रिकेन्ट उत्पादन, बिक्री तथा वितरण गर्दै आएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.