सोमबार, असार २,२०८२ 02:25:04
  • सोमबार, असार २,२०८२ 02:25:04
Global IME Bank Limited

कृषि फाइनान्स, कृषि कर र कृषि बीमाबारे संवाद सम्पन्न

Hyundai Nepal
कृषि फाइनान्स, कृषि कर र कृषि बीमाबारे संवाद सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । कृषि क्षेत्रका सरोकारवालाहरुबीच कृषि क्षेत्रलाई अघि बढाउने उपायको खोजीका क्रममा कृषि फाइनान्स, कृषि कर र कृषि बीमाको विद्यमान अवस्था र सवालहरुबारे छलफल गरिएको छ ।  

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) सँगको सहकार्यमा विभिन्न जिल्लाहरुका सरोकारवालाहरुबीच बिहीबार विराटनगरमा संवाद गरिएको हो ।

महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि बजार विकासको लागि गरिएको निरन्तर संवाद कार्यक्रममा विशेष गरेर कृषि फाइनान्स कृषि कर र कृषि बीमाबारे सर्वाधिक विषय उठान भएको कारण यो कार्यक्रम आयोजना गरिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले मुलुकको अर्थतन्त्रको विकास कृषि क्षेत्रबाटै हुने बताए । उनले भारत र चीन समेत कृषि क्षेत्रमा गरेको विकासकै आधारमा अर्थतन्त्रलाई अघि बढाएर अघि शक्तिशाली अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी गरे । 

कोशी प्रदेशका जिल्लाहरुमा नवप्रवद्र्धनात्मक कृषि क्षेत्रलाई अघि बढाउँदै मुल्य विविधिकरण गर्दै जानुपर्ने बताए । कार्यक्रममा आन्तरीक राजश्व कार्यालयका हरिप्रसाद सेडाईले कृषि करका बारेमा जानकारी गराएका थिए । कृषि बीमा प्राधिकरणकी पुष्पा खनालले बीमा प्रधिकरणले प्रदान गर्ने सेवाको बारेमा जानकारी गराएका थिए ।  

डेरी डेभलपमेन्टका एण्ड रिसर्च सेन्टरका डम्बर कार्कीले बैंक वित्तीय संस्थाहरू नाफामुखी मात्र नभएर किसानको समस्यालाई बुझ्न नसकेको बताए । जिल्ला कृषि सहकारी मोरङका अध्यक्ष रविन्द्र आचार्यले कृषि बीमामा बीमा दाबी बापतको रकम कृषिकले समयमै पाउन नसकेको कुरा बताए ।  

उर्लाबारीका अचार उद्योग संचालक मनोहरी दाहालले किसानको उत्पादन अनिवार्य रुपमा स्थानीय स्तरमै किन्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने माग गरे । साना उद्यमीहरुले भ्याटमा जान नसक्ने भन्दै उनीहरुलाई संरक्षण गर्दै उत्पादनको बजार सुनिश्चितता गरिदिनुपर्ने बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.