काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिन अन्तिम दिन आज रहेको छ ।
हाल दोश्रो बजारमा ७०० रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भइरहेको यो बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीका लागि निश्कासन गरेको थियो । निश्कासित सेयरमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ।
सो बैंकको हकप्रद सेयरका लागि बिक्री प्रबन्धकको काम गर्दै आएको ग्लोबल आईएमई क्यापिटलले एक सूचना जारी गर्दै आज(असोज ९ गते) सेयर खरीदका लागि अन्तिम दिन रहेको भन्दै सेयरधनीलाई जानकारी गराएको हो ।
इच्छुक र योग्य सेयरधनीले ग्लोबल आईएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित मुख्य कार्यालय, क्यापिटलको नवलपरासी(भूमही)स्थित शाखा कार्यालय, नारायणी डेभलपमेन्ट बैंकको मुख्य कार्यालय, विभिन्न शाखा कार्यालय तथा सी आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाको प्रणालीमार्फत समेत हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                