मंगलवार, आश्विन १३,२०८३ 08:51:59
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:51:59
Bizshala
Global IME Bank Limited

शिवश्रि हाइड्रोको हकप्रद बिकेन, ८.६५ लाख कित्ता अक्सनमा

Bizshala
शिवश्रि हाइड्रोको हकप्रद बिकेन, ८.६५ लाख कित्ता अक्सनमा
New Office

काठमाण्डौ । शिवश्रि हाइड्रोपावरले निश्कासन गरेको हकप्रद सेयर नबिकेपछि ठूलो परिमाण अक्सनमा ल्याइएको छ ।  

यो हाइड्रोपावर कम्पनीले २०८२ भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयरको बिक्री खुलाएको थियो । तर सबैले आवेदन नदिएपछि सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद अक्सनमा ल्याइएको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सो कम्पनीको हकप्रद सेयर बिक्रीका लागि प्रबन्धकको काम गर्दै आएको सिटिजन्स क्यापिटल लिमीटेडका अनुसार नबिकेको हकप्रदका लागि शिलबन्दी बोलपत्र पेश गर्ने सुरु मिति २०८२ कात्तिक २० गते तोकिएको छ । इच्छुकले कात्तिक २७ गतेभित्र त्यस्तो गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।  

अक्सनमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ राखिएको छ । न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । 

इच्छुकले काठमाण्डौको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटलको मुख्य कार्यालय तथा सिटिजन्स बैंकका कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, विर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौडास्थित शाखा कार्यालयबाट समेत शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.