काठमाण्डौ । रेटिङ सेवा प्रदायक कम्पनी इक्रा नेपालले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त सभा आगामी मंसिर ३ गते आयोजना गर्ने निर्णय गरेको छ।
सभा काठमाण्डौको ठमेल एलोफ्ट काठमाण्डौमा दिनको २ बजेबाट सुरु हुनेछ।
सभाले गत आवका लागि हाल कायम चुक्तापुँजीको ४७.३११४१५२७७ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) पारित गर्नेछ।
यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको गत आवको वित्तीय विवरण पारित गर्ने, आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।

