सोमबार, बैशाख ७,२०८३ 12:19:20
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:19:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुनै बेला भाडा माझ्ने काम गर्थे, अहिले बनाए विश्वकै पहिलो ५ ट्रिलियन डलर मूल्यको कम्पनी !

Bizshala
कुनै बेला भाडा माझ्ने काम गर्थे, अहिले बनाए विश्वकै पहिलो ५ ट्रिलियन डलर मूल्यको कम्पनी !
Shivam Cement

काठमाण्डौ । चिप निर्माता कम्पनी एनभिडिया (NVIDIA) ले इतिहास रचेको छ । यो कम्पनी बुधबार विश्वको पहिलो ५ ट्रिलियन डलर बजार पूँजीकरण (मार्केट क्याप) भएको कम्पनी बनेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको तीव्र वृद्धिले कम्पनीलाई यो नयाँ उचाइमा पुर्‍याएको हो । एनभिडियाको सेयर बुधबार करिब ५ प्रतिशतले बढेर कारोबार भइरहेको थियो ।

एनभिडियाका सीईओ जेन्सेन हुआङ (Jensen Huang) विश्वका शीर्ष १० अर्बपतिमध्ये एक हुन् । उनको संघर्षपूर्ण यात्रा निकै प्रेरणादायी छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तीन महिनामै १ ट्रिलियन डलर थप

एनभिडियाले ४ ट्रिलियन डलर मार्केट क्याप पार गरेको मात्र तीन महिनापछि नै ५ ट्रिलियन डलरको कीर्तिमान कायम गरेको हो । कम्पनीको मूल्यांकन अब समग्र क्रिप्टोकरेंसी बजारको मूल्यभन्दा पनि बढी भएको छ । २०२२ मा च्याटजीपीटी लन्च भएयता एनभिडियाको सेयर मूल्य १२ गुणा बढेको छ ।

रेकर्ड चिप अर्डर र सुपरकम्प्युटर योजना

सान्ता क्लारा मुख्यालय भएको यो कम्पनीका सीईओ हुआङले मंगलबार ५०० अर्ब डलर बराबरको एआई चिप अर्डर सार्वजनिक गरेका थिए । साथै, अमेरिकी सरकारका लागि सातवटा सुपरकम्प्युटर बनाउने योजना घोषणा गरेका छन् । यसै साता हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटमा एनभिडिया ब्ल्याकवेल चिपबारे छलफल हुने सम्भावना छ ।

CG Motors
Garima Development Bank
IME remit

सीईओ हुआङको प्रेरणादायी कथा

६२ वर्षीय जेन्सेन हुआङ ताइवानी मूलका हुन् । उनले १९८० को दशकमा अमेरिकाको ओरेगनमा डेनी रेस्टुरेन्टमा बर्तन माझ्ने, वेटर र बस ब्वाईको काम गरेका थिए । लिंक्डइन प्रोफाइलअनुसार उनले यी सबै काम आफ्नो करियरको सुरुवातमा गरेका हुन् ।

आज उनी विश्वका नवौं धनी व्यक्ति हुन् । ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार हुआङको कुल सम्पत्ति १७४ अर्ब डलर छ । पछिल्लो २४ घण्टामा मात्र उनको सम्पत्तिमा ८.१६ अर्ब डलरको वृद्धि भएको छ । हुआङले १९९३ मा एनभिडिया स्थापना गरेका थिए र त्यसयता निरन्तर नेतृत्व गर्दै आएका छन् ।

एनभिडियाको यो सफलताले एआई प्रविधिको भविष्य उज्यालो देखाएको छ भने सीईओ हुआङको कथाले कडा परिश्रमले असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.