सोमबार, फाल्गुन ४,२०८२ 08:21:11
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:21:11
Bizshala
Global IME Bank Limited

घाटाबाट बाहिरिँदै धौलागिरी लघुवित्तले आर्जन गर्यो २५.९५ लाख नाफा, ईपीएस कति ?

घाटाबाट बाहिरिँदै धौलागिरी लघुवित्तले आर्जन गर्यो २५.९५ लाख नाफा, ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था १ करोड २४ लाख रुपैयाँ घाटामा थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७८.१९ प्रतिशतले बढेको छ । पहिलो त्रैमाससम्म कम्पनीले ३ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा संस्थाले १ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि १ करोड ९८ लाख रुपैयाँबाट बढेर ३ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

संस्थाको खुद सञ्चालन आम्दानी ३ करोड ३३ लाख रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १० लाख ७० हजार रुपैयाँ रहेको छ । चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १० लाख ७० हजार रुपैयाँ छ । संस्थाको रिजर्भमा ५ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आवमा भने संस्थाको रिजर्भमा ९ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।  

यो अवधिसम्म ८६ करोड ३९ लाख रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २ अर्ब २३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ८.१० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.७७ प्रतिशत पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ८६ लाख ३५ हजार रुपैयाँ छुट्टाएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)७.८० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७१.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९८४.८८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६६.४३ गुणा र तरलता अनुपात २५.२० प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.