सोमबार, फाल्गुन ४,२०८२ 12:19:22
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:19:22
Bizshala
Global IME Bank Limited

वित्त खर्च घटेसँगै तेह्रथुम पावरको नाफा २२% ले बढ्यो

वित्त खर्च घटेसँगै तेह्रथुम पावरको नाफा २२% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको वित्त खर्च घटेसँगै नाफामा सामान्य सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनी समीक्षा अवधिमा ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।  

यो रकम गत आवको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको विद्युत बिक्री आम्दानी केही घटेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड २७ लाख रहेको थियो ।  

यस्तै कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा २ करोड १२ लाख रहेको वित्त खर्च घटेर १ करोड ३ लाखमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक खर्च ७ लाखबाट बढेर १० लाख बढी पुगेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ८० करोड रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले ३६ करोड ५२ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ३१ लाख र कुल चालु दायित्व ५ करोड १६ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२८.१२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ९९.६१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९.९९ गुणा र तरलता अनुपात २.५८ प्रतिशत कायम छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.