मंगलवार, बैशाख ८,२०८३ 02:31:47
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 02:31:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेशनल लाइफको सीईओ क्लब सम्मान कार्यक्रम गण्डकीबाट सुरुवात, देशभरबाट १६०० अभिकर्ता छनौट हुन सफल

Bizshala
नेशनल लाइफको सीईओ क्लब सम्मान कार्यक्रम गण्डकीबाट सुरुवात, देशभरबाट १६०० अभिकर्ता छनौट हुन सफल
Shivam Cement

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल वाटर फ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२० जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवम् गण्डकी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्वीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वित्तिय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मानसँगै पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले गण्डकी प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।  

कार्यक्रममा सीईओ खत्रीले सीईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बताए । उनले कम्पनीले अभिकर्तामैत्री स्किमहरु ल्याउने क्रममा सीईओ क्लब सदस्यता योजना ल्याएको र यसमा नेपालभरबाट १६०० जनाभन्दा बढी अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको समेत बताए । 

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम प्रदान गरेका थिए । तालिमको क्रममा उनले जीवन बीमा व्यवसायमा सफलता पाउन धेरैभन्दा धेरै व्यक्तिहरुसँग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्नसक्ने आवश्यक ज्ञान र साहस चाहिने बताए ।  

समारोहमा, चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेशालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लाने उर्जा मिलेको सहभागी अभिकर्ताहरुले जानकारी गराएका थिए ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.