काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरपश्चात प्रथम वार्षिकोत्सव मनाएको छ । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आज विविध कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको हो ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत,उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरु भई घन्टाघर – भद्रकाली – जमलहुदै पुनः कमलादीमा पुगेर टुंगिएको थियो । साथै नेपाल रेड क्रस सोसाईटिसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ५५ जनाभन्दा बढी सहभागीहरुले रक्तदान गरेको कम्पनीले जनाएको छ ।
साथै काठमाण्डौ शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरुमार्फत सामाजिक उत्तर दायित्वअन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरिएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीको हालको चुक्तापुँजी ४ अर्ब १८ करोड रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२ अर्ब ६९ करोड रहेको छ । कम्पनीले देशभरिका १७५ साखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।