बुधबार, फाल्गुन ६,२०८२ 03:43:09
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 03:43:09
Bizshala
Global IME Bank Limited

युनिलिभर नेपालले दक्षिण एसियामा पहिलो पटक सञ्चालनमा ल्यायो विद्युतीय बॉयलर

युनिलिभर नेपालले दक्षिण एसियामा पहिलो पटक सञ्चालनमा ल्यायो विद्युतीय बॉयलर
Shivam Cement

काठमाण्डौ । हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले हालसालै युनिलिभर दक्षिण एसियामा पहिलो प्रकारको विद्युतीय बॉयलर सञ्चालन गरेको छ । जुन विद्युतीय हिटरबाट स्टीम उत्पादन गर्ने प्रविधि भएको र यसले साइटलाई तताउने प्रक्रियाका लागि जीवाश्म ईन्धनबाट बाहिर सार्न सक्षम बनाउने कम्पनीले जनाएको छ । कारखानामा हाल ९०% ऊर्जा दिगो ऊर्जाबाट प्राप्त हुने कम्पनीले जनाएको छ । जसमा २०% आन्तरिक सौर्य बिजुली उत्पादन प्लान्ट र बाँकी ७०% ग्रिडबाट हुन्छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पछिल्लो एक वर्षमा युनिलिभर नेपालको फ्याक्ट्रीले रु ६ करोडको लगानीमा ऊर्जा कम गर्न र कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न धेरै नयाँ प्रविधिहरू स्थापना गरेको छ । यो बॉयलर परियोजना ‘नेट जिरो’ तिर एक कदम भएको कम्पनीले उल्लेख गरेको छ । साइटले निकट भविष्यमा डिजेल जेनेरेटर चलाउन बायो डिजेलमा सार्ने योजना बनाएको छ । यसले साइटलाई १००% हरित ऊर्जाको साथ सञ्चालन गर्न सक्षम बनाउने कम्पनीले दाबी गरेको छ ।  

उद्घाटन समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक तथा सीईओ अमलन मुखर्जीले भने‘हामी युनिलिभर, नेपालमा हाम्रो सञ्चालनलाई नेट जिरोतर्फ लैजान प्रतिबद्ध छौं र हाम्रो अत्याधुनिक कारखानामा विद्युतीय बॉयलरको स्थापना यस्तै एउटा कदम हो जुन हाम्रो ग्लोबल युनिलिभर दिगोपन लक्ष्यहरुसँग इन लाइन रहेको यस दिगोपन कार्यको लागि प्रमाण हो ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.