आईतवार, फाल्गुन ३,२०८२ 08:04:11
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:04:11
Bizshala
Global IME Bank Limited

शिवम् सिमेन्टले बक्यौता तिर्न थाल्यो, काटिएको लाइन पुनः जोडियो

शिवम् सिमेन्टले बक्यौता तिर्न थाल्यो, काटिएको लाइन पुनः जोडियो
Shivam Cement

काठमाण्डौ । मकवानपुरको हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगले लामो समयदेखि थाती रहेको विद्युत् महसुलको बाँकी रकम तिर्न सुरु गरेको छ। सोमबारदेखि कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई पहिलो किस्ताबापत २ करोड ३८ लाख रुपैयाँ बुझाएको हो।

यो रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत्को प्रिमियम शुल्कअन्तर्गतको हो। कम्पनीमाथि कुल ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता थियो, जसलाई २८ किस्तामा विभाजन गरी तिर्ने सहमति भएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पहिलो किस्ता तिरे लगत्तै प्राधिकरणले गत कात्तिक ४ गते काटिएको उद्योगको विद्युत् लाइन पुनः जोडेको छ। यससँगै शिवम् सिमेन्टको उत्पादन प्रक्रिया पूर्ण क्षमतामा सुचारु हुने अपेक्षा गरिएको छ।

प्राधिकरणका एक अधिकारीले भने, “बक्यौता तिर्ने प्रक्रिया सुरु भएपछि लाइन जडान गरिएको हो। बाँकी किस्ताहरू समयमै तिरिएमा थप सहजीकरण गरिनेछ।”

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उद्योग स्रोतका अनुसार, बक्यौताका कारण उत्पादनमा अवरोध पुगेको थियो। अब नियमित विद्युत् आपूर्तिसँगै उत्पादन र आपूर्ति दुवैमा सुधार आउने विश्वास कम्पनीले लिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.